२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

डा. केसीको जीवन रक्षा गर्न कांग्रेसको माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ।

जुम्लामा सत्याग्रहमा बसेका डा. केसीसँग तत्काल इमान्दार वार्ता र यसअघिका सम्झौताको सार्थक कार्यान्वन गर्न सरकारसँग माग गरेको हो।

पछिल्लो पटक जुम्लामा डा. केसीले सुरु गरेको अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको पहल नगरेको भन्दै कांग्रेसले यो विषयलाई आफूहरुले गम्भीरतापूर्वक लिएको जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै ०७५ साउन १० गते प्रधानमन्त्रीको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा उल्लंघन गरेको नजिर नदोहोर्‍याएर इमान्दार वार्ता र सार्थक कार्यान्वयनको माग गरेका छन्।

‘कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानदेखि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानसम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग संवाद गरेर उहाँको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न नेपाली कांग्रेस संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुबैलाई अपिल र आग्रह गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ।

प्रदेश सभामा प्रतिपक्षीका रूपमा नेपाली कांग्रेसले कर्णालीको शिक्षा, स्वास्थ्यको विकासका लागि निरन्तर आवाज उठाइरहेको औंल्याउदै कांग्रेसले डा. केसीको अनशनले यो बिषयलाई बहसको केन्द्रमा स्थापित गर्न योगदान गरेको जनाएको छ।

Related News

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित
तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित
  • २०७७ आश्विन ३

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने...

TOP