सोमवार सुदूरपश्चिम प्रदेशका थप एक सय १४ कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सोमबार एक सय १४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको बताए ।
उनका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका दुई÷दुई जनामा संक्रमण देखिएको छ। कैलालीको धनगढीका १३ जना, टीकापुरका १४ जना र मोहन्याल गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । अछामको मंगलसेनका १४ जना, साँफेवगरका तीन जना र एक जना स्थानीय तह नखुलेका पुरुषमा पनि संक्रमण देखिएको छ । डोटीको आदर्श गाउँपालिकाका चचार र बोगटानका दुई जना, कञ्चनपुरको भीमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिकाका एकरएक जना र बझाङका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीमा नेपाली सेनामा कार्यरत एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार पाँच सय १० पुगेको छ ।
खैराला– प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकपछि अर्को गर्दै निरंकुशतातर्फ गइरहेको नेपाली कांग्रेस कैलाली जिल्लाका सल्लाहकार फणिराज सापकोटाले बताएका छन्...
नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश डोटी – केआईसिंह गाउँपालिका -७ थलीगाउँका ४० परिवार...
डोटी– सुजंङ्ग अस्पताल राजपुर डोटीले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले विशेषज्ञ डाक्टर सेवा सँगै नियमित स्वास्थ्य...