२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

थप दुई जना कोरोना संक्रमितको मृत्यु

देशमा थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहिबार साँझ विरगन्ज र सिराहा घर भएका दूई जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न बाकी छ ।

पाटन अस्पतालमा विरगन्जका एकजनाको मृत्यु भएको हो । उनलाई विरगन्जबाट उपचारको लागि स्टार अस्पतालमा ल्याइएको हो । उपचारको क्रममा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो । मृतकमा उच्च रक्तचाप, मुटुरोग र मधुमेह रोग समेत भएको अस्पतलाले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट सिराहाका २३ वर्षीय युवकको मृत्यु भएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहिबार राती निधन भएको हो । युवकको दुवै मिर्गौला फेल भई साउन १९ मा डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको बुझिएको छ । उनको साउन २१ गते रिर्पोट कोरोना पोजेटिभ आएको थियो ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ श्रावण २३

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP