२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

प्रधानमन्त्री ओली पनि कोरोना संक्रमण ‘क्लोज कन्ट्याक’को सूचीमा

काठमाडौं– प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक’को सूचीमा परेका छन् । हिजो साँझ मात्र प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए ।

मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए ।समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री लगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले बताए। nepalbahas.com बाट

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७७ श्रावण २२

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP