२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

नेपालका १८ हजार ३७४ जनामा कोरोना संक्रमण : आज थपिए १३३ संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार ९८७ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा १३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा कोरोना पुष्टि हुनेको जम्मा संख्या १८ हजार ३७४ पुगेको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ भने हाल क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १९ हजार ४४४ छ।

पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन्। हालसम्म १२ हजार ९४७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ श्रावण ९

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP