२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

उद्देश्य पुरा गर्न सफल भयो ह्युमानिटी फाउण्डेसन नेपाल

काठमाण्डौं- सुदूरपश्चिमको डडेल्धुरामा पिसिआर मेसिन स्थापना गर्न सफल अह्युमानिटी फाउण्डेसन नेपालले अहिलेलाई  आर्थिक संकलन अभियान बन्द गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक सदस्य एवम् पर्यटनकर्मी अमर बहादुर शाहीले सहयोगी मनह?प्रति आभार प्रकट गर्दै आवश्यक रकम उठिसकेकोले आजबाटै पैसा संकलन कार्य बन्द गरेको कुरा जानकारी गराए ।

भारतबाट घरफर्केका सुदूरपश्चिमेलीह?को स्वाव परीक्षण गर्न कैलालीमा रहेको एउटा मात्रै पिसिआर मेसिनको भर पर्दा नतिजा थाहा पाउन निकै दिन कुर्नु पर्ने भएपछि डडेल्धुरामा पिसिआर मेसिन स्थापनार्थ तीन साताअघि ह्युमानिटी फाउण्डेसन नेपालले सु? गरेको थियो अर्थ संकलन अभियान ।  त्यसपछि ह्युमानिटी फाउण्डेसन नेपाल र बिभिन्न देशमा रहेका सुदूरपश्चिम समाजको सहकार्यमा अर्थ संकलन कार्य तीब्र गतिमा संचालन हुन थाल्यो जसमा काठमाडौंबाट सहयोग संकलनको जिम्मेवारी फाउण्डेसनका संस्थापक एवम् पर्यटनकर्मी शाहीले पाएका थिए । शाहीको संयोजकत्वमा चर्चित खेलाडी दीपक बिष्ट, क्रिकेट प्रशिक्षक जगत टमाटा, कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल र युवा व्यवसायी राजु अवस्थीले काठमाडौंमा सहयोग संकलनको अगुवाइ गरेका थिए । संयोजक शाहीका अनुसार काठमाडौंबाट ८ लाख १३ हजार ६ सय ६५ ?पैयाँ संकलन भएको छ ।

आफ्नो भूमिका लागि केही गरौं भन्ने सोचका साथ मध्य तथा सुदूरपश्चिमको पर्यटन तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि अभियन्ताका ?पमा चिनिएका शाहीले मेसिन जडान भएसँगै सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लालाई सहजता हुने विश्वास लिएका छन्  । नागरिकस्तरबाट सहयोग गरिएको ९६ लाखको लागतमा  डडेल्धुरामा उक्त प्रयोगशाला मेसिन स्थापना भएको हो । तीन हप्ताको छोटो अवधिमा पिसिआर मेसिन स्थापना गर्न सफल भएको कुरा पनि उनले जानकारी गराए ।

फाउन्डेसनले पीसीआर मेसिन डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष क?णाकर ओझालाई यसअघिनै हस्तान्तरण गरिसकेको छ डडेलधुरामा स्थापना भएको कोरोना परीक्षण ल्याबले एक दिनमा ३ सय ८४ जनाको परीक्षण गर्ने क्षमता राख्छ

डडेल्धुरा  अस्पतालका मेडिकल सपरिडेन्ट डा= जगदीशचन्द्र विष्टका अनुसार फाउन्डेसनले हस्तान्तरण गरेको पिसीआर मेसिन जडान गरी कोरोना परीक्षण सुरू भइसकेको छ ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ असार २०

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP