२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

डोटीमा ८ महिने शिशुमा समेत कोरोना पुष्टि

डोटी- डोटीमा ८ महिनाकी शिशुमा समेत कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा शिशुमा कोरोना पुष्टि भएको हो ।

आदर्श गाउँपालिका वडा नं. ४ की आठ महिने शिशुमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख बम खड्काले बताए । शिशुका आमा बुवामा समेत कोरोना पुष्टि भएको छ । भारतबाट आएर क्वारेण्टाइनमा बसेका उनिहरुको ४ गते स्वाब संकलन गरिएको थियो । अहिले पनि उनिहरु सोही क्वारेण्टाइनमा रहेका छन् । स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।

शिशु संगै बुधबार थप दुई जना बालिकामा पनि संक्रमण देखिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ की दुई वर्षीया बालिका र आदर्श गाउँपालिकाकै वडा नं. ५ का पाँच वर्षीय बालीकामा कोरोना पुष्टि भएको छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ असार ११

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP