२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

आज ३३१ जनामा कोरोना पुष्टि, कुल संक्रमित ८,६०५

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३३१ जना कोरोना संक्रमित थपिएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २४ वटा प्रयोगशालामा ७ हजार ४१६ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ। त्यस्तै ४ हजार ४२६ जनाको आरडीटी बिधिबाट कोरोना परीक्षण गरिएको छ।

हालसम्म पीसीआर बिधिबाट १ लाख ६९ हजार १६५ कोरोना परीक्षण गरिएको छ। त्यस्तै हालसम्म आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० को परीक्षण गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ।

हालसम्म १ हजार २४५ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ५ जना आइसोलेसन रहेका छन्।

आज मात्रै १७६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने हालसम्म १ हजार ५७८ जना कोरोनामुक्त भई फर्किएका छन्।

संक्रमणमुक्त हुनेमा १४१ जना महिला र १ हजार ४३७ जना पुरुष रहेका छन्।

Related News

सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेन
सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेन
  • २०७७ असार ६

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका दीर्घ सोडारीले एक साता...

TOP