२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

साईन नेपालद्वारा डोटीका ७० जना महिलाहरुलाई पौष्टिक आहार वितरण

हरिलाल जोशी
डोटी- “मानवीय सेवामा अनेकौँ प्रयास” (साईन नेपाल ) नामक संस्थाले डोटीको पुर्बीचौकी गाउँपालिकाका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार (पोषण ) वितरण गरेको छ ।

बुधबार पुर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक वर्ष भित्रका ७० जना सुत्केरी महिलाहरुलाई पौष्टिक आहार (पोषण ) सामाग्री वितरण गरेको साईन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

अध्यक्ष जोशीले सो वडाका वडाध्यक्ष अम्मर बहादुर चयडालाई एक लाख २७ हजार २ सय पचास रुपैयाँ बराबरको पोषण सामाग्री हस्तान्तरण गरि एकवर्ष मुनिका ७० शिशुका आमाहरुलाइ हर्लिक्स ,अण्डा ,चिनी ,प्रोटिन ,नुन ,सेनेटरी प्याड ,काजु र तोरीको तेल वितरण गरेको बताए ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ असार ३

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP