२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

साईन नेपालद्वारा डोटीका ७० जना महिलाहरुलाई पौष्टिक आहार वितरण

हरिलाल जोशी
डोटी- “मानवीय सेवामा अनेकौँ प्रयास” (साईन नेपाल ) नामक संस्थाले डोटीको पुर्बीचौकी गाउँपालिकाका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार (पोषण ) वितरण गरेको छ ।

बुधबार पुर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक वर्ष भित्रका ७० जना सुत्केरी महिलाहरुलाई पौष्टिक आहार (पोषण ) सामाग्री वितरण गरेको साईन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

अध्यक्ष जोशीले सो वडाका वडाध्यक्ष अम्मर बहादुर चयडालाई एक लाख २७ हजार २ सय पचास रुपैयाँ बराबरको पोषण सामाग्री हस्तान्तरण गरि एकवर्ष मुनिका ७० शिशुका आमाहरुलाइ हर्लिक्स ,अण्डा ,चिनी ,प्रोटिन ,नुन ,सेनेटरी प्याड ,काजु र तोरीको तेल वितरण गरेको बताए ।

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ असार ३

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP