डोटी-बुधबार डोटीका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ९ का २०, २७, ३२, ४६ र ४८ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र पाँचै जना नगरपालिकाको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।
यो संगै डोटीमा संक्रमितको संख्या ४२ पुगेको छ । संक्रमित ४२ जना मध्य ४ जना जिल्ला बाहिर कैलालीमा रहेका छन् भने ३८ जना जिल्ला भित्रै रहेका छन् ।
सबै भन्दा बढी शिखर नगरपालिकाका १८ जना, दिपायल लिगढी नगरपालिकाका ७ जना, पूर्वीचौकी गाउँपालिकाका ६ जना, सायल गाउँपालिकाका ३ जना, आदर्श गाउँपालिकाका २ जना र जोरायल गाउँपालिकाका २ जना गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै केआइसिंह गाउँपालिका ठेगाना भएका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनिहरु कैलाली स्थित गौरीगंगा नगरपालिकामा रहेका छन् ।
डोटीमा रहेका ३८ जना संक्रमित मध्य सायल गाउँपालिकाका एक जना र दिपायल सिलगढी नगरपालिकाका दुई जना जिल्ला अस्पतालको आइसोलेसनमा छन् भने ३५ जना संक्रमित सम्बन्धित स्थानीयतहमा छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...