२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

एकै दिन डोटीका ८४ जनाको पिसिआर रिपोर्ट आयो : सबैको रिपोर्ट नेगेटिभ

डोटी- शनिबार मात्रै डोटीका ८४ जनाको आरटि पिसिआर रिपोर्ट आएको छ । एकै दिन जिल्लाका ८४ जनाको पिसिआर रिपोर्ट आउदा सबैको नतिजा नेगेटिभ आएको छ । पिसिआर नतिजा नेगेटिभ आउनुले कोरोना संक्रमण छैन भन्ने जनाउँछ ।

जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिकाको क्वारेण्टाइनमा रहेका र जिल्ला अस्पतालको आइसोलेसनमा रहेकाहरुको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । शिखर नगरपालिका वडा नं. ३ का कोरोना संक्रमित संगै भारतबाट आएकी उनकी श्रीमती र बच्चाको दोस्रो रिपोर्ट समेत नेगेटिभ आएको मलासीले बताए ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिकाले विभिन्न विद्यालयमा स्थापना गरेको क्वारेण्टाइनमा रहेका ४३ जनाको नतिजा नेगेटिभ आएको छ । त्यस्तै शिखर नगरपालिकाले स्थापना गरेको क्वारेण्टाइनमा रहेका ३९ जना र जिल्ला अस्पतालको आईसोलेसनमा रहेका शिखर नगरपालिकै २ जना गरी ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका फरक–फरक क्वारेण्टाइनबाट स्वास्थ्य कार्यालयले नमुनाका रुपमा भारतको एउटै ठाउँबाट संगै आएका संगै बसेकाहरु मध्य एक÷एक जनाको स्वाब नमुनाको रुपमा संकलन गरि परिक्षणका लागि प्रयोगशाला पठाएको थियो । अहिले सम्म जिल्लाबाट सात सय बढी स्वाब संकलन गरि परिक्षणका लागि पठाएकोमा ६ जनामा कोरोना संक्रमण देखिएको र २ सय ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताए ।

यस अघि पुर्विचौकी गाउँपालिकाको क्वारेण्टाइनमा बसेका ४८ जनाको स्वाब परिक्षणको नतिजा आएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

डोटी घर भएका १० जना कोरोना संक्रमित मध्य ६ जना जिल्ला भित्रै छन् भने ४ जना कैलालीमा रहेकाछन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ २४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP