२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पतालबाट ६ जना संक्रमित डिस्चार्ज

शिखर डेस्क– सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ । १४ दिन सम्म संक्रमितमा कुनै लक्षण र स्वास्थ्य समस्या नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार संक्रमितमा कुनै लक्षण र स्वास्थ्य समस्या नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण तथा चिन्हहरु नदेखिएको केशको हकमा आईसोलेसनमा बसेको १४ दिन पछि आईसोलेसनबाट छुट्ने व्यवस्था गरेको छ । त्यस्तै सामान्य लक्षणहरु चिन्हहरु देखिएको केशको हकमा कम्तिमा १४ दिन पछि लक्षण तथा चिन्हहरु पुर्ण निको भएको तीन दिन पछि आईसोलेसनबाट छुट्ने व्यवस्था छ ।

निर्देशिकामा यसरी छोडेका बिरामीको सूचना, आद्यावधिक अभिलेख राखि चिकित्सकले प्रमाणिकरण गर्नुपर्ने भनिएको छ ।

अस्पतालका अनुसार अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।

लक्षण नदेखिएका ६ जना संक्रमितलाई शुक्रबार डिस्चार्ज गरे सँगैं अव सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा २० जना संक्रमित मात्रै छन् ।

यस्तो छ स्वास्थ्यमन्त्रालयले जारी गरेको निर्देशिकामा

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ २३

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP