२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

कर्णालीको नारायण नगरपालिकामा एकै दिन १०५ जना काेराेना संक्रमित

सुर्खेत- कर्णालीमा एकै दिन १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्।

दैलेखको नारायण नगरपालिकाका मात्रै १ सय ५ जना संक्रमित थपिएका छन्। जसमध्ये ५ जना महिला र १ सय पुरुष रहेका छन्।

संक्रमित देवलकाँडाका, सोत, मानटाकुरा, साडु भगनी र बासकोटका बासिन्दा हुन्। आज थपिएकासँगै नारायण नगरपालिकामा संक्रमितको संख्या १ सय ८७ पुगेको छ।

संक्रमित सबै केही दिनअघि भारतबाट आएको नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिए। त्यस्तै आज मुगुको सत्याड गाउँपालिकामा एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका प्रयोशाला संयोजक विवेककुमार पुनले जानकारी दिए।

योसंगै कर्णाली प्रदेशमा संक्रमितको सङख्या तीन सय ८९ पुगेको छ। आज दैलेखमा एक सय १३ र मुगुमा एक जनमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मिनारायण तिवारीले बताए। 

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ जेष्ठ २२

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP