२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

सुर्तीजन्य पदार्थको अभाव संगै कालोबाजारी बढ्यो : १० रुपैयाँमा पाउँने सुर्ती १०० रुपैयाँमा बिक्री

डोटी- सरकारले लकडाउनको समयमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र ओसार–पसारमा रोक लगाएको छ । सरकारको रोक पछि बजारमा सुर्तीजन्य पदार्थको अभाव भए सँगै कालोबाजारी बढेको छ ।

डोटीका ब्यापारीहरुले आफुसंग स्टक रहेको सुर्ती, मेघाश्री, गुट्खा, चुरट जस्ता सुर्तीजन्य पदार्थ महंगोमा बिक्रि वितरण गर्न थालेका छन् । केही मात्रामा लुकाई छिपाई भए पनि सुर्तीजन्य पदार्थ भित्रिने गरेको छ । यस अघि १० रुपैंयामा खरिद बिक्री हुने जी, सुपरपावर लगायतका सुर्ती डिलर देखि खुद्रा व्यवारीहरुले प्रती गोटा ३० रुपैंया देखी एक सय रुपैंया सम्म बिक्री वितरण गर्ने गरेको स्थानियहरुको गुनासो छ ।

१० मा तीन गोटा खरिद विक्रि हुने मेघाश्री, पुकार लगायतका गुट्खा अहिले प्रति गोटा १० देखी २० रुपैंया सम्ममा बिक्री वितरण भैरहेको छ । १० रुपैयाँ पर्ने चुरट २० रुपैमा बिक्री भैरहेको छ । डिलरहरुले नै महंगोमा केही मात्रामा मात्रै उपलब्ध गराउने भएकाले आफुहरुले पनि महंगोमा बिक्री गर्नु परेको खुद्रा व्यवारीहरु बताउछन् ।

सुर्तीजन्य पदार्थ सेवान गर्दा सेवनकर्ताले जथाभावी थुक्ने गरेकाले कोरोना संक्रमित फैलिने जोखिम बढी हुने भन्दै सरकारले बिक्री वितरण र ओसार–पसारमा रोक लगाएको हो ।

मदिरामा पनि कालोबाजारी

लकडाउनको फाइदा उठाउदै व्यपारीहरुले मदिरामा पनि काला बजारी गर्न थालेका छन् । व्यापारीले आफु संग भएको स्टक मदिरामा प्रती वोतल एक सय देखी तीन सय सम्म बढाएर बिक्री बितरण गरिरहेका छन् । यो संगै डोटीमा बजार अनुगमन र लकडाउन फितलो देखिन्छ ।

सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै गर्दा लकडाउनमा पनि कडाइ भएको पाइदैन । लकडाउन पितलो हुँदा संक्रमण फैली त्रास बढेको स्थानियहरु बताउछन् । सरकारले लकडाउन खुकुलो पारेको हो या लकडाउन हटाएको हो भन्नेमा स्थानियहरु अन्योलमा छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ २१

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP