२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

डोटीका २६ जनाको आरडिटी परिक्षण गर्दा ६ जनाको नतिजा पोजेटिभ

जिल्लाका विभिन्न स्थानमा स्वास्थ्यकर्मी परिचालन

डोटी- जिल्ला स्वास्थ्य कार्यालय डोटीले स्वाव संकल, आरडिटी परिक्षणलाई तिव्रता दिएको छ । जिल्लाका विभिन्न स्थानिय तह र प्राइभेट अस्पतालहरु संगको सहकार्यमा परिक्षण कार्य भैरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

फाइल फोटो

जिल्लाका विभिन्न स्थानिय तहका क्वारेण्टाइनमा रहेकाहरुको आरडिटी र थ्रोट स्वाब संकलन भैरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । जिल्लाको वडिकेदार गाउँपालिकामा पनि स्वास्थ्यको टिम गएको छ । केआइसिंह गाउँपालिका र सायल गाउँपालिकाको क्वारेण्टाइनमा रहेकाहरुको आरडिटी परिक्षण र स्वाव संकलन भैरहेको छ ।

मंगलबार सायल गाउँपालिका अन्तरगतका क्वारेण्टाइनमा रहेका २६ जनाको आरडिटी परिक्षण गरिएको छ । जसमध्य ६ जनाको आरडिटी पोजेटिभ देखिएको प्रमुख मलासीले बताए । आरडिटी पोजेटिभ देखिएकाहरुको भोली नै थ्रोट स्वाब संकलन गरेर पिसिआरका लागि धनगढी पठाइने बताए । समाचार तयार पार्दा सम्म सायलमा आरडिटी परिक्षण कार्य जारी रहेको छ ।

यस अघि शिखर नगरपालिका। पुर्विचौकी गाउँपालिका र जिल्ला अस्पताबाट नमुना थ्रोट स्वाब संकलन गरेर पठाइएको थियो । जसमा शिखर नगरपालिकाका वडा नं. ३ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका पुरुषको कन्ट्राक र ट्राभल ट्रेसिङ्ग भैरहेको छ । संक्रमित संग भारतबाट एउटै गाडीमा संगै आएका र संगै क्वारेण्टाइनमा रहेका ३६ जनाको थ्रोट स्वाब संकलन गर्नेकार्य भैरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय संग उपलब्ध किट र भिटिएम अनुसार जिल्ला भरबाट कोरोना परिक्षणका लागि स्वाब संकलन र आरडिटी परिक्षणको दायरा बढाइएको स्वास्थ्य कार्यालय प्रमुख मलासीले शिखर समाचारलाई जानकारी दिए ।

धनगढीमा आज गरिएको परिक्षणमा डोटीबाट पठाएको स्वाब परिक्षण भएको छैन । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुबाट स्वाब पठाएका कारण डोटीबाट पठाएको स्वाब क्यूमा नै रहेको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ २०

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP