२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७३ पुग्यो : अछाम, कैलाली र कञ्चनपुरमा थपिए २७ संक्रमित


डोटी- सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । धनगढी सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा आज एकै दिन थप २७ जनामा कोरोना पुष्टि भएको हो ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतमा गरीएको परीक्षणमा भारतबाट फर्केर अछामको मेल्लेख गाउँपालिका–४ कुष्कोटको क्वारेन्टानमा रहेका आठ जना र मंगलसेन नगरपालिकाका २३ वर्षीय एम्बुलेन्स चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । कुष्कोटको तीन स्थानका क्वारेन्टाइनमा रहेका ३०, २२, २९, ४०, ३५, २७, २४ पुरुष र २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा हिजो साँझ मात्रै सुर्खेतमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो । कैलालीको टीकापुर नगरपालिकाको क्वारेन्टिमा रहेका २०, ६३ र ३५ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको छ ।

गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यसैगरी धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षीय पुरुष पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, पुर्नवास नगरपालिकाका ३६, ५२, ३३ र ३५ बर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका ३० र २८ बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

सुदूरपश्चिमका ७३ जना संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भन बझाङ र बाजुराका एक÷एक जना संक्रमितकोे कर्णाली प्रदेशमा उपचार भईरहेको छ । सुदूरपश्चिममा कोरोनाका कारण एक जना संक्रमितको मृत्यु भएको छ भने ६ जना प्रदेशभित्रबाटै डिस्चार्ज भएका छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ २०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP