२०७९ असार १७, शुक्रबार
July 1, 2022, Friday

सुदूरपश्चिममा ५५ कोरोना संक्रमित : ६ जना डिस्चार्ज, एक जनाको मृत्यु

डोटी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । संक्रमित मध्य ६ जना कोरोनालाई जितेर डिस्चार्ज भएकाछन् भने एक जना बालिकाको मृत्यु भएको छ ।

सुर्खेतमा मंगलबार गरिएको परिक्षणमा अछामका ९ जनामा कोरोना पुष्टि भएको छ । मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एम्बुलेन्स चालक गरी नौँ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै सुर्खेतमा सोमबार गरिएको परिक्षणमा चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो ।

सबैभन्दा बढि कैलालीका २३ जना, अछामका १३, बैतडीका ६, डोटीका पाँच, बाजुराका तीन, कञ्चनपुरका दुई, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै सम्बन्धित जिल्लामा भने छैनन् । डोटीका चार, बैतडीका चार र अछामका दुई जनाको सेती अस्पतालमा उपचार भईरहेको छ ।

सुदूरपश्चिमका ५५ जना संक्रमित मध्ये बझाङ एक जना र बाजुराका एक जना गरी दुई जना संक्रमितको कर्णाली प्रदेशमा उपचार भईरहेको छ ।

सुदूरपश्चिमका संक्रमित मध्ये ६ जना कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन् भने दुई बर्षीय बालिकाको मृत्यु भएको छ ।

Related News

सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
  • २०७७ जेष्ठ २०

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...

TOP