२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

भारतबाट आएका डोटीका एक जनाको आरडिटी नतिजा पोजेटिभ

डोटी- भारतबाट आएर क्वारेण्टाइनमा बसेका एक जनाको आरडिटी नतिजा पोजेटिभ आएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ४ का एक जना पुरुषको नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

आरडिटी पोजेटिभ देखिएका ३५ वर्षीय उनलाई नगरपालिकाले कुमालीकोट माध्यामिक विद्यालयमा स्थापना गरेको क्वारेण्टाइनमा राखिएको छ । आरडिटी पोजेटीभ देखिएका ती पुरुषका बुवाको निधन भए पछि उनको आरडिटी परिक्षण गरिएको थियो ।

आरडिटी परिक्षणमा पोजेटिभ देखिएपछि पिसिआर परिक्षणका लागि उनको स्वाब संकलन गरेर आज धनगढी पठाउने तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।

पिसिआर रिपोर्ट नआए सम्म उनका लागि क्वारेण्टाइनमै क्रिया बस्ने व्यवस्था गरिने भएको छ । उनका बुवाको शनिवार साँझ निधन भएको थियो । आरडिटी पोजेटीभ देखिएका उनि एक्लो सन्तान हुन् ।
यस अघि पनि क्वारेण्टाइनमा बसेका ३ जनालाई शोक परेपछि आरडिटी परिक्षण गरिएको थियो । आरडिटी नतिजा नेगेटिभ आएपछि क्रिया गर्न घर पठाइएको थियो । क्रिया गर्दा पनि क्वारेण्टाइन जस्तै बसिने र संक्रमण फैलिने सम्भावना कम हुने भएकाले उनिहरुलाई छोडिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि दिपायल सिलगढी नगरपालिकाका एक जना र शिखर नगरपालिकाका २ जना क्रियापुत्रीको आरडिटी परिक्षण पछि छोडिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयले आजै जिल्लाको शिखर नगरपालिका र पुर्विचौकी गाउँपालिकाको क्वारेण्टाइनबाट एक सय ५० जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि धनगढी पठाउने तयारी गरेको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ १८

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP