२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सुर्खेतका १२ जनामा कोरोना संक्रमण : कर्णालीमा संक्रमितको संख्या २३ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। सोमबार गरिएको पिसीआर परीक्षणमा थप १२ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले जानकारी दिए।

उनका अनुसार मंगलबार रिपोर्ट आएका ति १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका हुन् भने २ जना सिम्ता गाउँपालिकाका हुन्।

उनीहरु सबै भारतबाट आएका हुन्। कर्णालीमा देखिएका संक्रमित मध्ये सुर्खेतका मात्र १५ जना छन्।

भारतबाट आएर प्रदेशको सिमा नाका बबई तथा सुर्खेतस्थित सुब्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरुबाट लिइएको नमूना परीक्ष्ण गर्दा १२ जनामा पोजेटिभ रिपोर्ट आएको डा. खड्काले जानकारी दिए।

सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरी जम्मा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि भेटिएका सुर्खेतका संक्रमितमध्ये बराहताल गाउँपालिकाका २ जना, चौकुने गाउँपालिकाका एक जना हुन्।

कर्णालीमा पहिलो कोरोना संक्रमण दैलेखको आठविस नगरपालिकाका एक जनामा देखिएको थियो।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ जेष्ठ १३

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP