२०८२ चैत्र ३, मंगलवार
March 17, 2026, Tuesday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५ पुग्यो : अछामका ३२ वर्षीय पुरुषमा देखियो संक्रमण

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा थप एकजनामा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

पछिल्लो पटक थपिएका संक्रमित अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। भारतबाट आएका उनी जेठ ८ गते गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए।

सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था समान्य रहेको छ। यो सँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ।

यसअघि धनगढी प्रयोगशालामै परीक्षणका क्रममा शुक्रबार ५ र शनिबार ४ जनामा कोरोना पुष्टि भएको थियो। यसअघि शनिबार कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषको पनि सेतीमै उपचार भइरहेको छ।

शुक्रबार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ।

Related News

डोटीमा जीप दुर्घटना चार जना घाइते, दुईको अवस्था गम्भीर 
डोटीमा जीप दुर्घटना चार जना घाइते, दुईको अवस्था गम्भीर 
  • २०७७ जेष्ठ ११

दिपायल – डोटीमा जीप दुर्घटनामा परी चार जना यात्रु घाइते...

TOP