२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

कोरोना संक्रमितको संख्या ५ सय ९१ पुग्यो : वडाध्यक्ष र पत्रकारमा समेत संक्रमण

शनिबार एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्र २७ जना छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। शुक्रबार ५९ जना संक्रमित थपिएका थिए।

आज थपिएका बाँकी संक्रमितहरूमा सर्लाहीका १३, कविवस्तुका ११, रुपन्देहीका ११, बैतडीका ४, सुर्खेतका ३ र काठमाडौं, झापा, चितवन, बारा, गुल्मी र बर्दियाका एक-एक जना छन्।  

गुल्मीको मदानेका संक्रमित पुरुष यसअघि कोरोनाबाट मृत्यु भएका पुरुषको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

यस्तै कपिलवस्तुमा थपिएका संक्रमितमध्ये एकजना वडाध्यक्ष र अर्का पत्रकार पनि छन्।

आजै १९ जना संक्रमित निको भएर घर फर्किएका छन्। जसमा १० जना रुपन्देहीको धागो कारखानाको आइसोलेसन र ९ जना वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत थिए।

नारायणीमा डिस्चार्ज भएकामध्ये दुई जना पुनः संक्रमण देखिएका व्यक्ति हुन्। जसमा एकजना रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक हुन्।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ जेष्ठ ११

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP