२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

डडेल्धुराका चार चिकित्सक सहित ७ जना क्वारेन्टाइनमा

डडेल्धुरा – डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका एक युवकलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सक सहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा स्क्रव टाइफसको उपचार गराउन आएका युवकलाई स्क्रव टाइफसको उपचार गरि घर फर्केका थिए ।

सो युवकमा शुक्रबार कोरोना पोजिटिभ देखिएपछि स्वाब संकलनमा खटिएका चार चिकित्सक र अन्य स्टाफहरू गरी सात जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए । उनीहरुको शनिबार थ्रोट स्वाब संकलन गरिने उनले जानकारी दिए ।

डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकामा स्क्रब टाइफस देखिएको थियो। स्वाब सकंलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाउँदै अस्पतालले स्क्रब टाइफसको उपचार गरि घर पठाइएको थियो ।यता सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कैलाली, बैतडी र छिमेकी जिल्ला डडेल्धुरामा शुक्रबार पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यहाँका अन्य पाँच पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटीमा त्रास बढेको छ ।

भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका पहाडी जिल्लाका स्थानीयवासीमा त्रास बढ्न थालेको हो । सुदूरपश्चिम प्रदेशमा प्रायः कामका लागि वर्षेनी पहाडी जिल्लाबाट बढी स्थानीय जानेको भएको र अहिले पनि भारतबाट यहाँका पहाडी जिल्लाका मानिस बढी फर्किएका कारण गाउँघरमा भएका स्थानीयवासीमा त्रास बढ्न थालेको दिपायल पिपल्लाका स्थानीय हर्कबहादुर खत्रीले बताए। उनले भने “भारतबाट आएकामा कोरोना देखिन थाल्यो, हाम्रो गाउँका पनि धेरै भारतबाट आएका छन, गाउँमा कोरोना आएको छ कि भन्ने चिन्ता लाग्दै छ ।”

सुदूरपश्चिम प्रदेशमा शुक्रबार देखिएका सङ्क्रमितमध्ये तीन कैलाली र एक बैतडी तथा एक डडेल्धुराका रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सङ्क्रमितमध्ये केही समय पहिले तीन जना भारतबाट रोजगारी गरेर फर्किका युवा भएकाले उनीहरुको साथमा आएका अन्य नागरिकमा पनि कोरोनाको सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा डोटीका गाउँमा त्रास फैलिने अवस्था सिर्जना भएको छ ।sudurpatra

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ १०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP