कैलाली- कैलालीमा पुष्टि भएका तीन संक्रमित मध्य दुई जनालाई प्रहरी घरबाटै क्वारेण्टाइनमा ल्याएको बुझिएको छ । इटहरी र बाँकेबाट लुकीछिपी बैशाख ३० गते घर पुगेका उनिहरुलाई गाउँपालिकाले प्रहरी लगायर क्वारेण्टाइनमा राखेको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले जानकारी दिइन् ।
संक्रमित जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ बर्षीय युवक हुन् । उनि मध्य एक जना जेठ ३ गते भारतबाट आएका थिए । भारतको महाराष्ट्रबाट आएका उनलाई सिधै क्वारेण्टाइनमा राखिएको थियो ।
उनीहरु तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...