२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

प्रहरीले घरबाटै क्वारेन्टाइनमा ल्याएर राखेको थियो कैलालीका संक्रमित

कैलाली- कैलालीमा पुष्टि भएका तीन संक्रमित मध्य दुई जनालाई प्रहरी घरबाटै क्वारेण्टाइनमा ल्याएको बुझिएको छ । इटहरी र बाँकेबाट लुकीछिपी बैशाख ३० गते घर पुगेका उनिहरुलाई गाउँपालिकाले प्रहरी लगायर क्वारेण्टाइनमा राखेको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले जानकारी दिइन् ।

संक्रमित जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ बर्षीय युवक हुन् । उनि मध्य एक जना जेठ ३ गते भारतबाट आएका थिए । भारतको महाराष्ट्रबाट आएका उनलाई सिधै क्वारेण्टाइनमा राखिएको थियो ।
उनीहरु तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो।

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ जेष्ठ ९

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP