नेपालगन्ज : नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्केका छन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष अस्पतालबाट २१ जना संक्रमित निको भएर डिसचार्ज गरिएको नेपालगन्जका मेडिकल सुपरिटेन्टेन्ट डा.प्रकाशबहादुर थापाले बताए ।
यो सँगै कोरोना जित्नेको संख्या ७० पुगेको छ।
२६ र ३१ वैशाखमा कोरोना पुष्टि भएकासहित नेपालगन्जका अझै चारजना आइसोलेसनमा उपचार गरिरहेका छन् । १९ वैशाखमा पहिलो व्यक्तिमा र २३ वैशाखमा २२ जना संक्रमण पुष्टि भएको हो ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...