नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुषहरु छन् ।
त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका छिन् ।
त्यस्तै सर्लाही गोडेतै नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीय महिला रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
बाँकेका २१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको रिपोर्ट नेगेटिभ देखिएको छ।
स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बाँकेका पहिलो संक्रमित ६० वर्षीय पुरुषको तेस्रो पटकको र अन्य २० जनाको दोस्रो पटकको रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिए। उनका अनुसार पहिलो संक्रमितको भने दोस्रो पटकको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका उनीहरुको भेरी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो।
उक्त आइसोलेसनमा २५ जना संक्रमित रहे पनि बाँकी ४ जनाको समयावधि नपुगेकाले दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमितको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउने सम्बन्धमा छलफल भइरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
बाँकेमा गत वैशाख १९ पहिलो पटक संक्रमण पुष्टि भएको थियो। हाल त्यहाँ १०१ जनामा संक्रमण पुष्टि भएको छ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...