२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

कोरोना संक्रमितको संख्या ४५३

आज बिहीबार कोरोना भाइरसका ९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीमा १ जना र झापामा ८ जना संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित सबै पुरुष छन् ।हालसम्म संक्रमितमध्ये ३ सय ८३ महिला र ७० जना पुरुष छन् ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ । जसमध्ये प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १ सय ३६ जना, बागमतीमा २६ जना, गण्डकीमा ४ जना, प्रदेश ५ मा १ सय ९७ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएका छन् । हालसम्म ३८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

आजै टेकु अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै निको भएर फर्कनेको संख्या ४९ पुगेको छ ।

हाल नेपालमा ३८ हजार ७ सय ३६ नमुना पिसिआर विधिबाट परीक्षण भएको छ ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७७ जेष्ठ ८

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP