२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

शिस डेस्क- नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । बिहीबार १७ जना नयाँ संक्रमित झापा, धनकुटा र सुनसरी जिल्लामा भेटिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् ।

झापाको कचनाकवल गाउँपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।
यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
उनीहरुको स्वास्थ्य सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

Related News

डोटीका आलेलाई फापेन कैलाली
डोटीका आलेलाई फापेन कैलाली
  • २०७७ जेष्ठ ८

धनगढी, फागुन २३ गते । पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा...

TOP