शिस डेस्क, भारतको पलिया क्वारेण्टाइनमा २६ दिन बसेर नेपाल प्रबेश गरेका डोटीका ७ जनालाई पुनः क्वारेण्टाईनमा राखिएको छ । डोटीका ७ जना लगायत ३६ जिल्लाका ७७८ जनालाई कैलाली बहुमुखी क्याम्पसको क्वारेण्टाइनमा राखिएको थियो ।
क्वारेण्टाईनमा बसेकाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले कुनै चासो नदेखाएको उनिहरुको गुनासो गरेका छन् । क्याम्पसको क्वारेण्टाईनमा राखिएका ७७८ जना मध्य धनगढी उपमहानगरपालिकाका ३७ जना, डोटीका ७ जना, काठमाण्डौंका ४ जना, बाजुराका ३ जना र अछामका १ जना क्वारेण्टाईनमै छन् । अन्य जिल्लाका नागरिक लाई स्थानिय सरकारले व्यवस्था गरेर सम्बन्धित पालिकामा लगिसकेको प्रध्यापक संघ कैलाली क्याम्पस सभापति डा. लोक बिष्टले बताए । उनले सम्बन्धित स्थानिय सरकार र प्रदेश सरकार संक कुरा गर्दा समेत ती व्यक्तिहरुका बारेका कुनै चासो नदेखाएको बताए । बैतिडि लगायतका अन्य जिल्लाका नागरिकलाई त्यहाँका स्तानिय सरकारले नै व्यवस्था गरेर लगेकाछन् ।
त्रिनगर भन्सार हुँदै गत २ गते कैलाली प्रवेश गरेका उनिहरुको आरडिटि, पिसिआर परिक्षणमा नतिजा नेगेटिभ आएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखाका त्रिपाल साउँदले क्वारेण्टाइनबाट फोनमा भने,‘हामी २६ दिन पलिया क्वारेण्टाईनमा बसेउ, चेकजाँच पनि भयो स्वास्थयमा केही समस्या छैन तर हामीलाई सरकारले कुनै वास्ता गरेको छैन ।” साउँदले आफुहरु सम्बन्धित जिल्लामा अझै पनि क्वारेण्टाइनमा बस्न तयार रहेको बताए । उनले आफ्नो वडाका वडाध्यक्ष बहादुर खड्कालाई समेत जानकारी गराएको बताउँदै वडाध्यक्षले दिपायल आएपछि केही गरौंला अहिले केही गर्न सकिदैन भने पछि गरिव मजदुरका लागि सरकार नै छैन जस्तोलागेको बताए ।
त्यस्तै सायल गाउँपालिका ३ का दिलबहादुर भुलले आफु संग पैसा समेत नभएको अवस्थामा वडाध्यक्षले दिपायल सम्म पैसा तिरेर आउ अनि मात्रै हामी लग्छौं भनेपछि झनै पीडाबोध भएको बताए ।
सोमबार क्वारेण्टाइनमा गएर नेपाली काँग्रस सायल गाउँपालिकाका सभापति धर्मराज जोशीले उनिहरुको अवस्थाबारे बुझेका छन् । जोशीले शिखर समाचार संगको कुराकानीमा क्वारेण्टाइनाम बस्नेहरुको खान पिन र सहज बसाइका लागि कुरा गरेको बताउँदै उनिहरुलाई सम्बनिधत पालिकामा पुर्याउने पहल भैरहेको बताए ।
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...