नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । धुलिखेल अस्पताल काभ्रेको आइसोलेसन कक्षमा भर्ना गरिएकी एक महिलाको मृत्यु भएको हो ।
अस्पताल स्रोतका अनुसार सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो । मृतक महिलामा कोरोनाको संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक महिलालाई हिजो श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पताल स्रोतले जनाएको छ । श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो ।
अस्पताल सिल
मृतक महिलाको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । बिरामीको उपचारमा सहभागी सबै चिकित्सकको स्वाब परीक्षणको लागि पठाइएको छ ।
आठ दिनअघि त्रिवि शिक्षण अस्पतालबाट डेलिभरी गराएर घर फर्किएकी मृतक महिला श्वासप्रश्वासको समस्याका कारण ध’लिखेल अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका प्रवक्ता डा. सुमन ताम्रकारका अनुसार उक्त महिला कोरोना संक्रमित थिए ।
‘एक जना बिरामीको निधन भएको छ। उहाँको कोरोना परीक्षण पनि गरिएको छ। तर रिपोर्ट सिधैँ मन्त्रालय पठाइएको छ,’ अस्पतालका प्रवक्ता डा. सुमन ताम्रकारले भने, ‘उहाँको रिपोर्ट के छ भनेर हामी पनि अहिले ४ बजे हुने मन्त्रालयको प्रेस ब्रिफिङ कुरेर बसेका छौँ ।’
तर, स्वास्थ्य मन्त्रालयले ती महिलाको स्वाब धुलिखेल अस्पतालबाट मगाएर पुनः परीक्षणका लागि राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको स्रोतले जनाएको छ ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...