२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

कोरोना संक्रमितको संख्या २७६ पुग्याे : पर्सामा मात्रै ९१ जना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । कपिलवस्तुका २५, ३४ र ४४ वर्षीय पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहान १० बजे ६ जनामा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित ९१ जना पर्सामा फेला परेका छन् । भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर बन्दाबन्दी घोषणा गरेको पनि ५४ दिन भैसकेको छ । यो बीचमा जम्मा ८७ हजार व्यक्तिको नमूना परीक्षण गरिएको छ ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ ३

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP