बझाङ- क्वारेण्टाइनमा राखिएका बझाङका ९ जनाकोे र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्केर बित्थडचीर गाउँपालिका वडा नम्बर ५ को शिव भवानी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेण्टाइनमा बसेकाहरुमा एन्टीबडी पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

र्यापिड टेस्टका क्रममा ८ जनाको शुक्रबार र एक जनाको बुधबार एन्टीबटी पोजेटिभ देखिएको थियो । एन्टीबडी पोजेटिभ देखाएकाहरुको थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर विधीबाट परीक्षणका लागि धनगढी पठाईएको छ । बुधबार एन्टीबटी पोजेटिभ देखिएका ब्यक्तिको पनि पीसीआर रिर्पोट आउन बाँकी रहेको छ ।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...