२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

नेपालका २१ जिल्लामा फैलियो कोरोना

काठमाडौं- नेपालका ६ प्रदेशका २१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ। मंगलबार एकै दिन ८३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिएको जिल्ला संख्या २१ पुगेको हो।

मंगलबार दिउँसो ५७ र बेलुका २६ जना संक्रमित थपिएका थिए। जसमा दुई नयाँ जिल्ला भक्तपुर र महोत्तरी पनि परे । जहाँ २-२ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा छन् । जहाँ ८२ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रोमा बढी संक्रमित भएको जिल्ला उदयपुरमा ३२ जना रहेका छन् । कपिलवस्तुमा २९, बाँकेमा २४ र रुपेन्देहीमा १६ जना संक्रमित छन्।

यस्तै काठमाडौंमा ५, कैलालीमा ४, बारामा ३, रौतहटमा ३, धनुषामा ३, चितवनमा २, झापामा २, वाग्लुङमा २ र सर्लाहीमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुर, बर्दिया, धादिङ, सप्तरी र भोजपुरसहितका पाँच जिल्लामा भने एक जना मात्रै कोरोना संक्रमित रहेका छन् ।

२१७ कोरोना संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन्। अहिलेसम्म नेपालमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ बैशाख ३१

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP