२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

नेपालमा ५९ जनामा कोरोना संक्रमण : १६ जना उपचार पछि निको भए

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएका छन्। 

नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।

नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जमा ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो।  उनीहरू दुबैको अवस्था सामान्य छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन्। 

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ बैशाख २०

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP