२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो : १० जना उपचार पछि निको भए

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४८ पुगेको छ । ४८ संक्रमित मध्य १० जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

उपत्यकाबाहिरका विभिन्न अस्पतालमा उपचार भैरहेका ३८ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ ।

बिहीबार जपुरमा कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।

बिहीबार नै उदयपुरका ५५ वर्षीया महिला र सर्लाहीका १४ वर्षीय किशोरमा पनि कोरोना पोजेटिभ देखिएको छ।

बिहीबार सम्म देशभर ‘पीसीआर’ र ‘आरडीटी’ गरी ४३  हजार ७२२ जनाको स्वास्थ्य परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

हाल देशभर १० हजार ५७३ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने ८६ जना ‘आइसोलेसन’कक्षमा छन् ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ बैशाख ११

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP