२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

सुदूरपश्चिमका पहिलो संक्रमित ३० दिनको उपचार पछि घर फर्किए

धनगढी : सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटक सम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।

दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो। उनी ३० दिन सम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्। यसअघि सेतीमै उपचाररत लम्कीका २१ बर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। अव सेतीमा तीन जना संक्रमितको उपचार भईरहेको छ। 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७७ बैशाख ९

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP