२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

प्रधानमन्त्री ओलीलाई आँखा र कान जचाँउन गगन थापाको आग्रह

काठमाडौँ – नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन्।

लामो लक डाउनका कारण लामो दूरी पार गर्दै घर जान भनेर बाटोमा निस्केका मजदुरका समस्या सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को उठ्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘रहस्यपूर्ण’ भन्दै कटाक्ष गरेपछि थापाले उनको भनाईप्रति आपत्ति जनाएका हुन्।

थापाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज कर्कश ध्वनि ठान्ने हो भने प्रधानमन्त्री ज्यू, आँखा र कान परीक्षण गराउन उपयुक्त होला।’

सोमबार बेलुका सरकारी सञ्चार माध्यमलाई दिएको अन्तरवार्तामा ओलीले प्रहरी र प्रशासनले थाहा नपाएको कुरा पत्रकारले कसरी थाहा पाएँ भन्दै कटाक्ष गरेका थिए।

ओलीले अन्तरवार्ताका क्रममा भनेका थिए, ‘प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए ? अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे? के यो रहस्यपूर्ण छैन र?’

प्रधानमन्त्री ओलीको उक्त भनाइको चौतर्फी आलोचना सुरु भएको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ बैशाख ८

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP