२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

सम विकास केन्द्र डोटीद्वारा शिखर नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

योगेन्द्र बलायर, डोटी

सम विकास केन्द्र डोटीले शिखर नगरपालिका डोटीलाई स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरेको छ । डिसिएको आर्थिक सहयोगमा संस्थाले शिखर नगरपालिकाको वाडा नं १ कपल्लेकी स्वास्थ्य चौकी, वडा नं २ मुडेगाउँ स्वास्थ्य चौकी र वडा नं ४ मुडभरा स्वास्थ्य चौकीलाइ उपलव्ध हुने गरि सामग्री हस्तान्तरण गरिएको हो ।

सम विकास केन्द्र डोटीको कार्यक्षेत्र भित्र पर्ने वडाका स्वास्थ्य चौकीहरुलाई उपलब्ध हुनेगरी ३ लाख ३४ हजार १ सय ६८ रुपैया बराबरको स्वास्थय सामग्री सहयोग गरिएको संस्थाका कार्यक्रम संयोजक महेश परियारले बताए ।

संस्थाले नगरपालिकालाई ६ थान पिपिइ, ६ थान थर्मल गन, ८४ थान सेनेटाइजर, २ हजार ५ सय थान सर्जिकल मास्क, २ हजार ५ सय थान साबुन लगायतका सामग्री उपलब्ध गराएको हो ।

सामग्री हस्तान्तरण क्रममा वोल्दै सिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले सम विकास केन्द्र डोटीले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले नोवेल कोरोना भाइरस विरुद्धको अभियामना सहयोग पुग्ने बताए ।

समविकास केन्द्र डोटीले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री आइतवार नै सम्बन्धित वडालाइ हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए ।

सम विकास केन्द्र डोटीले कार्यक्रम क्षेत्र रहेका के.आइ. सिंह गाउँपालिका र जोरायल गाउँपालिकालाई समेत स्वास्थ्य सामग्री वितरण गरेको छ ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ बैशाख ७

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP