२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

‘पैसा छर्ने’ महिलाको ¥यापिड टेस्ट पोजेटिभ : आरटी पीसीआर टेस्ट नेगेटिभ

जनकपुरधाम । जनकपुरमा पैसा छरेको आरोप लागेको महिलामा कोरोना संक्रमण नभएको पाइएको छ ।

पैसा छरेको आरोपमा पक्राउ परेका दुई जना महिलामध्ये एक जनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

तर ती महिलाका प्रयोगशालामा आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर यी दुई महिला फरार भएका थिए ।

यी दुबैलाई प्रहरीले शनिबार जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट नियन्त्रणमा लिई प्रादेशिक अस्पतालमा ¥यापिड टेस्ट गराएको थियो । ¥यापिड टेस्ट पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ बैशाख ७

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP