मोरङ– उदयपुरबाट विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा ल्याइएको टोलीका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
उदयपुरमा लुकेर बसेका १२ जना भारतीयमा कोरोना संक्रमण देखिएपछि शुक्रबार राति उदयपुरबाट विराटनगर ल्याइएको थियाे। उनीहरुको टाेलीमा थप चार जना पनि थिए। चार जनामध्येकै थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे हाे।
विराटनगर ल्याइएका कुल १६ जना मध्ये शनिबारको रिपिट थ्रोट स्वाब परीक्षणमा थप एक जनामा नतिजा पोजेटिभ आएको कोभिड १९ उपचार केन्द्रले जनाएको छ।
उपचार केन्द्रका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उदयपुरबाट ल्याइएका १६ मध्ये ४ जनाकाे रिपाेर्ट नेगेटिभ रहेको थियो। सोही ४ मध्ये एकजनाको परीक्षणपछि नतिजा पोजेटिभ आएको उनले बताए।
कोशी अस्पतालमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा एक जना संक्रमित थपिएकाे उनले पुष्टि गरे।
प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि उदयपुरबाट ल्याइएका थप एक जनामा कोरोना पुष्टि भएकाे जानकारी दिए।
स्वस्थ्य मन्त्रालयले पनि थप एक जना ६५ वर्षीय पुरुषमा कोरोना देखिएको पुष्टि गरेको छ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...