२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

कोरोना नियन्त्रणका लागि सरकार गम्भीर देखिएन : नेता महर

काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य नैनसिंह महरले कोरोना महामारीमा सरकार गम्भीर र जिम्मेवार नबनेको आरोप लगाएका छन् ।

देश यस्तो गम्भीर मोडमा हुँदासमेत सरकारसँग कोरोनाविरुद्धको पर्याप्त सामग्री र उपकरण नहुँनु लज्जाको विषय भएको सामाजिक सञ्‍जाल फेसबुकमार्फत बताएका छन् । उनले सरकारले गर्न नसकेको काम एक्लो व्यक्ति महावीर पुनले गरिरहेको बताए । 

‘‘महावीर पुन नेतृत्वको आविष्कार केन्द्रले आर्थिक संकटका बीच आफ्नै निजी तहतबाट भेन्टिलेटर, पीपिईलगायत आवश्यक उकरणहरू सकेसम्म निर्माण गर्ने र निःशुल्क रुपमा दिने गरिरहेका छन् । तर, सरकारको कुनै प्रभावकारी कदम चाल्न सकेको छैन,’’ नेता महरले भने ।

यसैबीच ठूलो अनियमितता सरकार क्रियाशील रहेको आरोप खेपिरहेको सरकारले सुकुम्बासीलगायत विभिन्‍न आयोग बनाएर कार्यकर्ता पोस्दै राष्ट्रिय ढुकुटीमा रजाइ गरिरहेको आरोप लगाए । ‘‘कार्यकर्ता पोस्नेभन्दा पनि संकटको समयमा जनताको जीवन बचाउने कुरा ठूलो हो। त्यसैले नेकपाका नेता कार्यकर्ताको भरपोषणका लागी छुट्याइएको अर्बौं रुपैयाँ स्वास्थ्य क्षेत्रमा लगाउने र पुनको आविष्कार केन्द्रलाई आवश्यक पर्ने करोडौं रकम उपलब्ध गराउनु जरुरी छ,’’ उनले भने ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ बैशाख ५

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP