भक्तबहादुर बलायर
१) विश्वलाई त्रसित ग¥यो कोरोनाले आज ।
जान नै डरलाग्ने भयो मानिसका माझ ।।
२) दुःख पर्दा विपदमा आफन्त चाहिन्थे ।
आफन्तका आँसु पुछ्न आफन्तै पाइन्थे ।।
३) के भयो विरामी पर्दा नजिकै नजानु ।
भित्रै बसि रुखा सुखाआधा पेट खानु ।।
४) छिमेकी देशका बोर्डर आफन्त बसेका ।
न त यता न त उता वीचमा फसेका ।।
५) सिमानामा सरकारले आउन बन्द ग¥यो ।
के खानु सिमामा बसि कता जानु प¥यो ।।
६) कोही जना नदीमा पौडी कुनै चोर वाटो ।
हामीलाई विरानो भयो आफ्नै देशको माटो ।।
७) घरमा गए रोग सर्ला भन्ने थाह छ नि ।
सरकार उद्धार गर्ला भन्ने चाह होनि ।।
८) कसैलाई प्लेन चार्टर कुनै आउन रोक्ने ।
कुनैलाई क्वरन्टीनमा राख्ने कुनै दुःख भोग्ने ।।
९) सिधै घर जाने छैनौ हाम्रो उद्धार गर ।
क्वरन्टीनमा राख हामी बस्तिभन्दा पर ।
१०) घर छैन टाँगेर पाल वन्दोवस्त गर ।
हामीलाई छर्लङ्ग थाह छ हामी आउन्नौ घर ।।
११) सिमानामा भोग भोगै अझ रोग लाग्ने ।
हाम्रो उद्धार गर्न छोडी हाम्रा नेता भाग्ने ।।
१२) भोट हाल्न विदेशवाट बालबच्चा छोडी ।
आफू हाल्यौ अरु माग्यौ दुबै हातजोडी ।।
१३) न सिद्धान्त पार्टी हे¥यौं नेताको मुख हे¥यौ ।
कस्ता मान्छे भोट दियौकि त भूल ग¥यौं ।।
१४) दिनदिनै बोर्डर नारा जुलुस बाजी हुन्छन् ।
स्वदेश फर्कन देउ सबैजना भन्छन् ।।
१५) कालीपारी सिमानामा टन्टलापुर् घाममा ।
कारखाना उद्योग बन्द नजानु काममा ।।
१६) काँ छ हाम्रो सरकार को हुन हाम्रा नेता ।
सिमाना पाइन्न पस्न हामी जाऔं कता ।।
१७) जाँदैनौ घरमा हामी क्वर्न्टीनमा राख्नु ।
समयै व्यवस्था गरे किन प¥यो भाग्नु ।।
१८) नगरे व्यवस्था छिटो हुल्मा रोग लागे ।
संक्रमित व्यक्तिहरु घरतिर भागे ।।
१९) समयमा सबैलाई क्वर्नटीन राख ।
हामीपनि नेपाली हौ देखि जन भाग ।।
२०) न हामीले प्लेन माग्यौ न त खर्च पानी ।
हामी सबै स्वदेश आयौ उद्धार होलाठानी ।।
२१)टाउकामा बर्साउदा लाठी ढुँगामुडा गर्दा ।
को गर्ने उद्धार हाम्रो रोग लागि मर्दा ।।
२२) तत्काल खाद्यान्न पाल जुटाउ बस्ति पर ।
हामीलाई क्वरन्टीन राख नपठाई घर ।।
२३) सिमानामा दिक्क लागि भागी आउनेहरु ।
कोरोना भाईरस स¥यो परिवारका अरु ।।
२४) विदेशवाट संक्रमित भएर आएका ।
परिवारमा पनि स¥यो घरमा गएका ।।
२५) सवैले सतर्क बनि छुट्टै बन्दोबस्त ।
जिम्मेवारी पूरा गरांै नबसेर मस्त ।।
२६) सिटामोल पाउनु गाह्रो गाउँका हेल्थपोष्ट ।
के होला गर्मीका महिना अझ पुग्दा जेष्ठ ।।
२७) दुईटा समस्या आयो सिमानामा भेला ।
घरमा खानाकि छैन लकडाउनका वेला ।।
२८) भिडभाडजानु हुन्न भित्र अन्न छैन ।
के खानु र कतैवाट अन्न आउने हैन ।।
२९) ज्यालादारी खानेहरु भोकै वस्नु प¥यो ।
को पाल्ने बालबच्चा हाम्रा साह्रै मन ड¥यो ।।
३०) सामान्य अवस्थापनि गाउँ अन्न अभाव ।
चारैतिर बन्द भयो भाइरसको प्रभाव ।।
३१)कसले हो उद्धार गर्ने बन्दोबस्त गर्ने ।
क्वै छ कि अगुवा हाम्रो कि त भोकै मर्ने ।।
३२) घरका भोकले छटपट विदेशका सिमाना ।
स्वदेश नआउन पाउने के आयो जमाना ।।
३३) फेरी भन्छौ घरमा जान्नौ चौध दिनअघि ।
हामीलाई घरको माया सारा हाल देखि ।।
३४) घरमा जाँदा रोग सर्छ क्वरन्टीनमा बस्छौ ।
घरमा सरे कति नोक्सान हामी आफै फस्छौ ।।
३५) वाहिर गहुं पाकी सक्यो कसरी काट्नु हो ।
विपत्तिको कालो वादल कसरी फाट्नु हो ।।
३६) सिमानामा परदेशी पुकार गर्दैछन् ।
उद्धार होलाकि भनि विश्वास पर्दै छन् ।।
३७) के हुन्छ फैलिए गाउँमा ठूलो महामारी ।
को गर्ने उद्धार हाम्रो दुःख मिल्छ भारी ।।
३८) समयमा समाधान छिटो गर्नु प¥यो ।
हेलचक््रयाई गर्दागर्दै यति रोग स¥यो ।।
३९) अन्नका अभाव घरमा अन्नपानी पु¥याई ।
सबैलाई आफ्ना नै ठान कसैलाई नदु¥याई ।।
४०)हामी अझ आशावादी हाम्रो उद्धार हुन्छ ।
हामीलाई हेर्छन् भनि भित्री मन भन्छ ।।
४१) दुरदृष्टि हुने नेता पहिले विचार गरि ।
समस्या समाधान गर्छन ्दुःखमा पर्दा खेरी ।।
४२) हामीपनि नेपाली हौं यहि माटो हुर्केका ।
हाम्रा दिन आउँछन् भनि मनमा फुर्केका ।।
४३) आज त घरमा पनि जान प्रतिबन्ध ।
किनभयो यस्तो आज हामीदेखि गन्ध ।।
४४) फेरी भन्छौ समयमा समाधान गर ।
गरिबका बालवच्चाको रोगभोक हेर ।।
४५) के हुन्छ सिमाना तोडी देश भित्र पसे ।
महामारी कस्तो होला सबै घरमा बसे ।।
४६) बन्दोबस्त छिटो गरि क्वरन्टीनमा राखौं ।
समस्या समाधान गरौं डरि जन भागौं ।।
४७) महाकालीपारि कति तराई दश गजा ।
क्वरन्टीन र घर बसे लाग्ने छैन दशा ।।
४८) जब हाव्त्तै सिमानाका सिधै घर पस्लान् ।
महामारी आफै लिएर सबै प्राणी फस्लान् ।।
४९) समयमा होस पु¥याई क्वरन्टीनमा ल्याऔं ।
सिमानाका भोकाप्यासा उद्धार गर्न जाऔं ।।
५०)गाउँकाबीच क्वरन्टीन बनाउनु हुँदैन ।
बस्तीभन्दा टाढा राखे कोरोना छुदैन ।।
५१)बाहिरबाट आउने व्यक्ति क्वरन्टीनमा राखौ ।
मास्क लगाई हातधोई सुरक्षामा लागौ ।।
५२) नेपालमा कोरोनाको दोस्रो चरण लाग्यो ।
व्यवस्था समयै मिलाऔं कालो वादल डाक्यो ।।
५३) घरमा बस्नु घरमा हुने आउने क्वरन्टीनमा ।
हुलमा नजाऔं मास्क लगाऊ सर्छ एकै छिनमा ।।
५४) गाउँका वीच क्वरन्टीन नबनाउनु कहिले ।
नजिक गए सरि हाल्छ सोची राखौ पहिले ।।
५५) लाटामष्टाबन्थडि साई काफली गन्याप ।
सबैको उद्धार गर्नु ल्याई दिनु हुन्याप ।।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...