२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

कोरोनाका छैटौं संक्रमित पनि कतार एयरवेजको जहाजबाट नेपाल आएको पुष्टि

नेपालमा छैटौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ’,उनले भने,‘ यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएकोमा देखिएको हो।’

ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका हुन्। 

यसअघि सोही जहाजमा आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजनाको टेकु अस्पताल र अर्की एक युवतीको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७६ चैत्र २०

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP