२०७९ जेष्ठ १५, आईतवार
May 29, 2022, Sunday

कोरोना आशंकामा आइसोलेसनमा भर्ना युवकको मृत्यु

भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार विहान ९:३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जजनएको छ ।

लुपस भन्ने रोगबाट पीडित उनको मिर्गौला कमजोर थियो । पछिल्लो समय ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।

उनको स्वाब १० गते काठमाडौं पठाइएको छ । तर तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन बाँकी छ ।

१० गते दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो । र, उपचारकै क्रममा उनको मृत्यु भएको छ ।


Related News

यी हुन् तारा एयरको बेपत्ता विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु
यी हुन् तारा एयरको बेपत्ता विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु
  • २०७६ चैत्र ११

पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन...

TOP