खोज पत्रकारीतामा सक्रिय अछामका पत्रकार ध्रुव बिसीले दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचारमा समस्या भएको भन्दै सहयोगको लागी अपील गरेकाछन् ।
नयाँ पत्रिका, हिमालय टेलिभिजनका अछाम संवाददाता तथा मंगलसेन स्थीत रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक बिसीले दुवै मृगौलाले काम गर्न छाडेपछी उपचारकालागी आर्थीक सहयोग अपील गरेका हुन् ।
अछामको ढकारी गाँउपालीका ६ दुंगाचाल्ना स्थीत मोयमा जन्मनुभएका पत्रकार बिसी बिगत १ महिना देखी वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गराईरहेको जानकारी गराउदै उहाँले फेसवुकमा लेखेका छन्, ‘हाल म उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौको वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गरेर बाचिरहेको छु ।’
उहाँले आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगका लागि स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारसंग सहयोगको लागी अपील गरेका छन् ।
डाक्टरको सल्लाह अनुसार मिर्गौला प्रत्यारोपण गर्नुको अर्को विकल्प छैन् भन्दै उनले सरकारी तथा गैरसरकारी संसस्था, साजसेवी, पत्रकारहरुका बिभीन्न संघ संगठनहरुलाई सहयोगको लागी अपील गर्दै सामाजीक सञ्जाल फेसवुकमा लेखेका छन् , ‘नयाँ मिर्गौला फेर्न धेरै रकम खर्च गर्नुपर्ने रहेछ । नयाँ मिर्गौला फेर्नको लागि मैले परिवारमा मेरो ब्लड ग्रुपको सदस्य खोजी गरेर सल्लाह गरिरहेको छु । तर मलाई यो बेला आर्थिक अवस्था मजबुत नहुँदा निकै ठूलो समस्या भईरहेको छ ।’
सहयोगको अपेक्षा गर्दै उनले लेखेका छन्,‘प्रवासमा बस्नुहुने शुभचिन्तकहरु, व्यावसायि र मेरा हितैसी मित्रहरूलाई तल उल्लेखित बैंक खातामा आफ्नो तर्फबाट गर्नसक्ने सहयोग रकम जतिसक्दो छिटो जम्मा गरेर सहयोग गरिदिनका लागी अनुरोध गर्दछु’ ।
बिसीले राष्ट्रिय वाणिज्य बैक, मंगलसेन शाखा अछाममा आफ्नो नाममा रहेको खाता नम्बर ४२६०१००००६३४२०१० मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेका छन् ।
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी...
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...