२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

सुन र चाँदीको मूल्यमा वृद्धि, कति पुग्यो सुनको मूल्य ?

काठमाडौं– सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आईतबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

संघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा किनबेच भईरहेको छ । आईतबार चाँदी तोलामा एक हजार ७४० रुपैयाँमा किनबेच भएको थियो।

 

Related News

श्रीमानको निधन पछि कालिका लघुवित्तले गर्यो ऋण मिनाहा
श्रीमानको निधन पछि कालिका लघुवित्तले गर्यो ऋण मिनाहा
  • २०८१ श्रावण १४

दिपायल –कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले एकल महिलाहरूको ऋण मिनाहा...

TOP