२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

श्रीमानको निधन पछि कालिका लघुवित्तले गर्यो ऋण मिनाहा

दिपायल –कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले एकल महिलाहरूको ऋण मिनाहा गरेको छ।  लघुवित्तको शिखर शाखाले श्रीमान गुमाएका दुई जना महिलाको ऋण मिनाहा गरेको हो ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शिखर शाखामा आबद्ध भई बचत तथा कर्जा कारोबार गर्दै आएका महिलाहरूका श्रीमानको निधन भए पछि ६ लाख ५० हजार रुपैयाँ मिनाहा गरेको शाखा प्रमुख महेन्द्र विष्टले बताए ।

शिखर नगरपालिका – ८ की पार्वती कुमारी कठायत र सोही पालिकाको वडा नम्बर १० बनलेककी कमली लुहारको ऋण मिनाहा गरिएको हो।  कठायत र लुहार वित्तीय संस्थाको समूहमा सदस्य रही कारोबार गरिरहेकै अवधिका श्रीमानको निधन भए पछि ऋण मिनाहा गरिएको शाखा प्रमुख विष्टले बताए । उनका अनुसार कठायतले लघुवित्तबाट ३ लाख ५० हजार ऋण लिएकी थिइन् भने लुहारले ३ लाख ऋण लिएकी थिइन् । यस बीचमा ऋणी महिलाका श्रीमानको निधन भए पछि लघुवित्तले दुवै जनाको ऋण मिनाहा गरेको हो । निज महिलाहरूले कर्जा वाफत तिरिसकेको रकम समेत फिर्ता गरेर ऋण मिनाहा गरेको विष्टले बताए ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध, बचत तथा कारोबार गर्दै आएका अन्य व्यक्तिहरूले पनि यस्तो अवस्थामा यो सुविधा पाउने गरेको उनले बताए ।

 

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८२ चैत्र १३

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP