२०८१ आश्विन २७, आईतवार
October 13, 2024, Sunday

स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारले देशकै बदनाम भो – देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुलाई कारबाही गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार प्रेस वक्तव्य निकाल्दै देउवाले भ्रष्टाचारमा मुछिएकालाई कारबाही गर्नुको साटो घटनाको ढाकछोप गर्ने प्रयास भएको र यो अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याएको उल्लेख गरेका छन् ।

स्वाथ्य सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेकोे एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको भन्दै उनले यसलाई गम्भीरतापूर्वक लिइने जनाएका छन् ।

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफियोग्य नरहेको पनि देउवाले उल्लेख गरेका छन् ।

ढिलासुस्ती र अनियमिततामा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाही थाल्न उनले प्रधानमन्त्री केपी ओलीसँग आग्रह पनि गरेका छन् ।

लक डाउनका कारण एक ढंगले बन्द समाजको रहेकै मौका छोपी भएका भ्रष्टाचारका प्रकरण र यस्तो वातावरणप्रति विशेष चनाखो बन्न देउवाले सम्बन्धित संवैधानिक निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

देउवाले विज्ञप्तिमा भनेका छन्, ‘अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ’ ।

लक डाउनको प्रतिकूल अवस्थामा पनि सञ्चार माध्यमहरुले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गरेका राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद रहेको देउवाले बताएका छन् ।

‘काठमाडौँ प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ । यसमा जो दोषी छन् तिनलाई कार्वाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु’, देउवाले भनेका छन् ।

नपाली कांग्रेस सबै खाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने भन्दै देउवाले आजको संकटसँग जुध्नसरकारको साथमा निरन्तर रहने आश्वासन पनि दिएका छन् ।

Related News

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
  • २०७६ चैत्र २१

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...

TOP