२०७७ मंसिर १८, बिहीबार
December 3, 2020, Thursday

तपाइको आज : राशिफल २०७७ भाद्र ३० मंगलवार

वि.सं. २०७७ भदौ ३०। मंगलबार। इ.स. २०२० सेप्टेम्बर १५। ने.सं. ११४० ञलगा। आश्विन कृष्णपक्ष। त्रयोदशी, २०:४१ उप्रान्त चतुर्दशी।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। छिद्र खोतल्नेहरूबाट भने सजग रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बिछोडिएका परिवारजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटमा सावधानी अपनाउनुहोला। अनावश्यक अलमलले चिताएका काममा बाधा पुग्नेछ। समस्या समाधान गर्न काम दोहोयाउनुपर्ने हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

चुनौतीभित्र अवसर खोज्ने समय छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ। काममा अधिक खर्च हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

Related News

केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
  • २०७७ भाद्र ३०

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तिखो टिप्पणी गरेका छन् । ओली लोकतन्त्रका लागि नभई...

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
  • २०७७ भाद्र ३०

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास भएको छ । झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीलाई आज दिउँसो चारआली चोक नजिक गाडीभित्रै...

डोटीमा मोटरसाइकल दुर्घटना : केआईसिंह गाउँपालिकाका दुई जना गम्भिर घाइते
डोटीमा मोटरसाइकल दुर्घटना : केआईसिंह गाउँपालिकाका दुई जना गम्भिर घाइते
  • २०७७ भाद्र ३०

डोटी- डोटीमा मोटरसाइकल र मालबाहक गाडी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दिपायल आइरहेको मोटरसाइकल र अछामबाट कैलाली...

TOP