२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

बजारमा आयो जिसीको फोर जी स्पिड

शिस : गायक तथा मोडेल गणेश साउद जिसीको “4G ko Speed”DJ गीत बजारमा आएको केहि महिनामै गीतको लोकप्रियताले उचाई चुमेको छ । सुदुरपश्चिमका अत्यन्त प्रतिभाशाली गायक, मोडल तथा सर्जक गणेश साउद जिसी “4G ko Speed” DJ गीतले अहिले निकै चर्चामा छन् ।

बजारमा आएको छोटो समयमा नै लाखौं दर्शक स्रोताको मनमा बस्न सफल “4Gko Speed”DJ गीतमा स्वर गणेश साउद जिसीकै छ भने लय, शब्द, म्यूजिक पनि उनकै हो । गीतमा एरेन्ज सुमन केसीले गरेका छन् । । र्र्‍याप कार्की जि को रहेको छ भने गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन् ।

यो गीतको भिडियोमा करिश्मा ढकाल, शेर थापा,कार्की जी र गणेश साउद जिसीले नै उत्कृष्ट अभिनय गरेका छन् । । धेरै एल्बमहरु बजारमा ल्याइसक्नुभएका बुलन्द आवाजका धनी जि सी सुदुरपश्चिममा जन्मिएर विगत लामो समयदेखि नेपाली गीत संगीतलाई आफ्नो पेशा बनाउँदै कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै आएका छन् । ।

यद्यपि सुदुरपश्चिम क्षेत्रका कालाकारहरुले प्रायः देउडा, लोक तथा सुदूरपश्चिमको ठाडी भाका धेरै गाउने र सर्जक सष्टाहरुले यस्तै भाकाहरु बजारमा ल्याउने गर्छन् । तर, गणेश साउद जिसी सुदुरपश्चिमकै भएपनि डिजे गीत बजारमा ल्याएका छन् । “4G ko Speed”DJ गीत “Ganesh Saud Gc” नामक व्यक्तिगत युट्युब च्यानलबाट बजारमा आएको हो ।

Related News

‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य
‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य
  • २०७७ बैशाख २०

सुदूरपश्चिम – हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहौल तताएको...

TOP