विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संत्रास बढ्दै गएको छ । यसको असर नेपालमा परेको छ । नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न गतिबिधिहरु भैरहेका छन् ।
भाइरस नियनत्रणका लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आफ्नो तर्फबाट पहल गर्दै आएका छन् । यसै क्रममा कलाकारहरुले पनि भाइरस सम्बन्धि जनचेतना मुलक गीत संगितहरु युटुव मार्फत बजारमा ल्याएका छन् ।
सुदूरपश्चिमका कलाकारहरुले पनि जनचेतना मुलक गीत ल्याएका छन् । जसले गर्दा दर्शक तथा स्रोतालाई सचेत रहन मदत पु¥याएको् छ । पछिललो समय नयाँ बर्षको उपलक्षमा सुदूरपश्चिमका कलाकारहरुले चेतना मुलक गीत बजारमा ल्याएका छन् ।
‘कोरोनाको छैन दबाइ’ बोलको गीतमा गायक गणेश साउद जि सि, कार्की जि, र गायीका पुष्पा बोहरा र निरुता खत्री को स्वर रहेको छ । सुशील बोहराको शब्द संगीत रहेको उक्त गीतको एरेन्ज,मिक्सिङ, मास्टरिङ दिपेन्द्र बुढा क्षेत्रीले गरेका छन् ।
सुबास कार्कीको छायांकन र गणेश एस.के. को सम्पादन उक्त गीतमा चारै जना गायक गायीकाको अभिनय रहेको छ । रेकर्डिङ्ग स्टुडियो भित्रै गरेको छायांकनमा अन्य टिमको पनि उपस्थिति रहेको छ ।
गीतले कोरोनाबाट बच्ने उपाय र यसले निम्त्याएको संकटका बारेमा बर्णन गरेको छ । गीतबाटै भए पनि सबै जनाता बिशेष गरेर सुदूरपश्चिमबासीलाई सचेत गराउँन गीत सार्वजनिक गरेको गायक साउँदले बताए ।
गीत ‘कार्की जी’ नामक अफिसियल युटुव च्यानलबाट सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस् ।
डोटी । डोटीको दिपायलमा रहेको दिल्पेश्वर स्पोर्टस् क्लबले आयोजना गरेको...